‘छक्का पञ्जा’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ कसले मार्ला बाजी


  • ‘छक्का पञ्जा’, ‘१२ गाउँ’ र  ‘ज्वाइँ साब’ कसले मार्ला बाजी
  • काठमाडौं । असोज २४ गते रिलिज हुने तीन चलचित्र ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’को प्रि–बुकिङ खुला भएको छ । क्यूएफएक्स, आईएनआईलगायत हलले प्रि–बुकिङ खुला गरेका हुन् । चलचित्र रिलिज भएसंगै बाजी कसले मार्छ चासोको बिषय बनेको छ ।

    देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा सबैभन्दा धेरै शो ‘छक्का पञ्जा–५’ले पाएको छ । काठमाडौं उपत्यकामा मात्रै यसले ३८ शो पाएको छ । ‘१२ गाउँ’ले २२ र ‘ज्वाइँ साब’ले २१ शो पाएको छ । 

    ‘छक्का पञ्जा–५’ले काठमाडौं बाहिर क्यूएफएक्सका आउटलेटमा ४८ शो पाएको छ । क्यूएफएक्समा मात्रै यो चलचित्रले होल नेपाल ८६ शो पाएको छ । 

    ‘१२ गाउँ’ले क्यूएफएक्समा काठमाडौं बाहिर २४ शो पाएको छ । देशभर यो सिनेमाले क्यूएफएक्समा देशभर ४६ शो पाएको छ । 

    इगोको लडाइँको व्यापार



  • काठमाडौंमा क्यूएफएक्समा २१ शो पाएको ‘ज्वाइँ साब’ले काठमाडौं बाहिर १८ शो पाएको छ । देशभर यो सिनेमाले क्यूएफएक्समा ३९ शो पाएको छ । 

    दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा ‘छक्का पञ्जा–५’ले १४, ‘१२ गाउँ’ले ८ र ज्वाइँ साब’ले ६ शो पाएका छन् । 

    ‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । 

    ‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । यसमा समीर भट्ट र बिराज स्वयं मुख्य भूमिकामा छन् । ज्वाइँ साब’लाई वसन्त निरौलाले निर्देशन गरेका छन् । यसमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *