क्षेत्री समाजको ‘वृहत् सांस्कृतिक कार्यक्रम’को लागि गायिका भण्डारी कतारमा


  • क्षेत्री समाजको 'वृहत् सांस्कृतिक कार्यक्रम'को लागि गायिका भण्डारी कतारमा
  • दर्शन सुनार/कतार : क्षेत्री समाज नेपाल "कतार शाखाले आयोजनामा शुक्रबार हुन लागेको "बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार दोहा आईपुगेकी छिन ।

    शुक्रबार सनैयामा अवस्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा दिउसो १२ बजे सुचारु हुने बृहत्
    साँस्कृतिक कार्यक्रमका लागि चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी बुधबार राती कतार आईपुगेकी हुन । अतिथि कलाकारलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष महासचिव,
    कार्यक्रम संयोजक लगायत अन्य लगायत अन्य ब्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए ।



  • " राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ क्षत्री दिवस बिजयादशमी शुभ दिपावली साथै छठ पर्वको शुभकामना प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम  "राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग्रार्थ" गर्ने हेतुले समाजले आयोजना गरेको हो । अतिथि कलाकार कतार आईपुगे सगैं कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष श्याम कुमार डागीं क्षत्रीले जानकारी दिए ।

    आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आईपुगेकी भन्डारीले बिमानस्थलबाटै कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निमन्त्रणा समेत गरेकी छिन । साँस्कृतिक कार्यक्रममा कतारमा रहेका करीब डेढ दर्जन स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक बुद्ध पान्डेयले बताएका छन । कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ-संस्था,ब्यवसायी,समाजसेवी,कलाकार पत्रकारहरुलाई उपस्थितिको लागि क्षत्री समाज कतारले अनुरोध समेत गरेको छ । साँस्कृतिक कार्यक्रमको प्रवेश शुल्क तिस कतारी रियल रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *