ब्राउन सुगरसहित बाँकेका दुई सहायक हवल्दार पक्राउ


  • ब्राउन सुगरसहित बाँकेका दुई सहायक हवल्दार पक्राउ
  • काठमाण्डौं : समाजलाई सही बाटोमा लैजाने जिम्मेवारी पाएको सहायक हवल्दार नै लागु औषध कारोवारिमा पक्राउ परेपछी साथ दिने प्रहरी अधिकृत पनी डग्मगाएका छन। कात्तिक १० गते प्रहरी परिसर काठमाडौंले ४ ब्राउन सुगरसहित दुईजना सहायक हवल्दार पक्राउ गरेको गरेको छ ।

    प्रहरी उच्च स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका सहायक हवल्दार कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत सहायक हवल्दार रमेश खटिकलाई काठमाडौं परिसरको प्रहरी टोलीले करिब ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

    खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । उनले बयानको क्रममा सहायक हवल्दार कलिमले आफूलाई बेच्न लगाएको बताएपछि कलिम पनि पक्राउ परेका हुन् । केही महिनाअघी बांके प्रहरीले बेहनाको सहोदर दाईलाई समेत ठूलो परिमाणमा ब्राउनसुगर सहित घरबाट पक्राउ गरेको थियो ।बेहना बांके हुदा आफै लागुऔषध ओसारपसार गर्ने गरेको र बांकेका केही प्रहरी र तस्करसंग गहिरो सम्बन्ध रहेको बताइएको छ ।

    उनीहरू दुवैजना प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । दुवैजनाको मोबाइल जफत गरेर उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरी स्रोत बताउँछ ।‘उनीहरूलाई पक्राउ गरेर काठमाडौं परिसरमा राखिएको छ । कसैको दबाबमा घटना गोप्य राखिएको हो वा अनुसन्धान प्रभावित नहोस् भनेर हो त्यो भने थाहा भएन’, एक प्रहरी अधिकारीले भने ।

    काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले लागु औषधसहित केही व्यक्ति पक्राउ परेको स्वीकारे । अनुसन्धानकै क्रममा भएकाले प्रहरी वा पब्लिक हुन् भन्ने खुलाउन नमिल्ने उनको भनाइ छ । ‘हामीले ब्राउन सुगरसहित मान्छे पक्राउ गरेका छौँ । थप अनुसन्धान गर्नुपर्ने भएकाले सार्वजनिक नगरिएको हो’,एसएसपी रजौरेले भने ।



  • पक्राउ परेको बेहना निरीक्षणालयमा कार्यरत एसपी प्रकाश मल्लनिकट मानिन्छन् । मल्ल इन्सपेक्टर हुँदा दाङ बसेदेखि नै उनीहरूको सम्बन्ध गहिरो थियो । एसपी मल्लले आफू धादिङ प्रहरी प्रमुख हुँदा बेहनालाई उतै लगेर घुमुवासमेत राखेका थिए ।बेहना तस्करसंग पैसा असुली गर्न माहिर मानिन्छन ।

    उच्च प्रहरी स्रोतका अनुसार उजुरी छानबिनको बहानामा एसपी मल्लले बेहनालाई बाँके दाङमा सादा पोशाकमा खटाएका थिए । सोही समयमा बेहनाले रुपेडिया नाका हुँदै भारतबाट ठूलो मात्रामा ब्राउन सुगर रकाठमाडौं लगेको सूचना पाएपछि प्रहरी परिसर काठमाडौंले निगरानीमा राखेको स्रोतको भनाइ छ ।

    उनीहरूसँग तत्काल ४ ग्राममात्रै ब्राउनसुगर फेला परेपनि अझै ठूलो परिमाणमा भएको हुनसक्ने भन्दै थप अुनसन्धान थालिएको छ । बेहनाले एसपी मल्लको आडमा केही दिन अघी बिदाको बहाना वनाएर बांकेका तस्करसंग पैसा असुली गरेको समेत आरोप छ । बेहना बांकेका केही प्रहरी र ब्राउनसुगर कारोवारीसंग राम्रै हिमचिम छ जुन पछी अनुसन्धान गर्दै गयो भने कल डिटेलबाट खपल्न सक्छ । मल्ल प्रहरीमा अब्बल अनुसन्धान अधिकृतसमेत मानिन्छन् ।

    उनीहरु दुवैको स्थायी घर बाँके जिल्ला हो । बेहना लामो समय तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय र पछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मातहतमा घुमुवा प्रहरीका रूपमा कार्यरत थिए । त्यसअघि उनी दाङको ईप्रका तुलसीपुरको समेत घुमुवा बसेका थिए । पटक पटकबेहनालाई कार्बाही भएपनी प्रहरी अधिकृतले नै जोगाउदै आएका कारण उनी विभागिय कार्बाहीवाट जोगिदै आएका छन । 

    नेपाल प्रेसबाट 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *