आदर्श युवा सञ्जालद्धारा समाजसेवी थापा सम्मानित


  • आदर्श युवा सञ्जालद्धारा समाजसेवी थापा सम्मानित
  • नेपालगन्ज : बाँकेको खजुरामा क्रियाशिल संस्था आदर्श युवा सञ्जालले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक समारोहको आयोजना गर्दै सञ्जालले विभिन्न गतिविधि गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

    सञ्जालका अध्यक्ष कल्पना तामाङको अध्यक्षतामा भएको वार्षिक साधारण सभा कार्यक्रममा बोल्ने अधिकांशले सामाजिक कार्यमा अतुलनिय कार्य गर्न सफल बनेको भन्दै धन्यबाद ज्ञापन गरे । साधारण सभाले समाजसेवी लिल बहादुर थापालाई दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरेको थियो ।

    खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी थापा अमेरिकामा विगत १७ वर्ष देखि कार्यरत रहि आफुले कमाई गरेको अधिकाशं पैसा दिन दुखिको सेवामा खर्चिएको भन्दै सञ्जालले सम्मान गरेको हो । सञ्जालका उपाध्यक्ष खगेन्द्र दाहालले सस्थाको बारेमा सभालाई जानकारी गराएका थिए ।



  • कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रिले खजुरामा युवा सञ्जालले गरेको सेवा कार्य प्रशन्सनिय रहेको बताए । आगामि दिनमा वडाले सञ्जालसंग सहकार्य गरि प्रभावकारी कार्य गर्ने अपेक्षा गरेको जनाए । वडा नम्बर ४ का नि वर्तमान वडाध्यक्ष तिलकविर सुनारले समाज परिवर्तनमा युवाको भुमिका अपरिहार्य रहेको बताए ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि बागेश्वरी उपशाखा खजुराका सभापति जिवनाथ सापकोटाले हरेक सामाजिक कार्यमा सञ्जालको भुमिका महत्वपुर्ण रहेको उल्लेख गरे । उनले समाजसेवी लिल बहादुर थापाले मानव सेवामा गरेको कार्यको प्रशन्सा गरे । खजुरामा रहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले सञ्जालले गरेका गरेक गतिविधिलाई नजिकबाट नियालिरहेको भन्दै यसलाई अझै ससक्त बनाउन आवश्यक रहेको बताएका थिए ।

    मनकामना युवा क्लवका अध्यक्ष माधव शर्माले सञ्जालले खजुराको युवालाई एकजुट गराउने कार्य गरेको बताए । सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनारले सञ्जालकै कारण सामाजिक कार्यमा युवाको सहभागिता बढ्दै गएको जनाइन ।

    प्रान्जली नेपालका अध्यक्ष गणेश थापाले आदर्श युवा सञ्जालले गरेका गथिविधिले अन्य धेरैमा हौसला मिल्ने गरेको भन्दै थप सेवा कर्ममा लाग्न प्रेरित गरे । कार्यक्रममा सञ्जालका सचिव सुवास निरौलाले सस्थाको प्रगती र कोषाध्यक्ष होम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *