नेपालगन्ज : व्यूटी सेलुन 'फेसियल हाउस'को नयाँ शाखा नेपालगन्जमा विस्तार भएको छ। शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीद्वारा 'फेसियल हाउस' नेपालगन्जको उद्घाटन गरिएको हो।
उद्घाटन पश्चात् धामीले फेसियल हाउसको अवलोकन गर्दै सेवासमेत लिएका थिए। यसरी नेपालगन्जमा गुणस्तरीय फेसियल हाउस खुल्नुमा समग्र नेपालगन्जबासीको लागि राम्रो भएको पनि उनले बताए।
नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।
देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक सुष्मा महराले जानकारी गराईन् ।
काठमाडौंमा मुुख्यकार्यालय रहेको फेसियल हाउसले पोखरा, चित्वन, धनगडी, सुुरखेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।