नेकोद्वारा विद्यार्थीहरुमाझ गरियो बीमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम


  • नेकोद्वारा विद्यार्थीहरुमाझ गरियो बीमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम
  • नेपालगन्ज : 'नेकोको अभियान, शिक्षामा योगदान' भन्ने मुल नाराका साथ नेको इन्स्योरेन्स लिमिटेडले बीमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार नेपालगन्जको सिद्धार्थ विद्या सदनका विद्यार्थीहरुलाई बीमा सम्बन्धि जानकारी दिइएको हो।

    अभिमुखीकरण तालिम नेकोका कारकाँदो शाखा प्रबन्धक मिनराज शाहीले दिएका थिए। विद्यार्थीहरु भविस्यका कर्णधार भएकोले उनीहरूलाई बीमा सम्बन्धि सचेतना कार्यक्रम जरुरी भएको पनि प्रबन्धक शाहीले बताए।



  • अभिमुखीकरण कार्यक्रम पश्चात् सिद्धार्थका विद्यार्थीहरुले बीमा सम्बन्धी धेरै कुरा बुझेको प्रतिक्रिया दिएको पनि शाहीले बताए। विद्यार्थीहरुले बीमाको महत्व झन् बुझेको उनको बुझाई रहेको छ।

    नेकोले बेलाबेला विद्यार्थीहरुमाझ बीमा सम्बन्धि विभिन्न सचेतना कार्यक्रम गरिरहेको हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *