चिडिमार समुदाय र आमा समुहलाई गरियो फ्रिडम किट व्याग वितरण


  • चिडिमार समुदाय र आमा समुहलाई गरियो फ्रिडम किट व्याग वितरण
  • नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित वडा नम्बर १२ का चिडिमार समुदाय र आमा समुहलाई फ्रिडम किट व्याग वितरण गरिएको छ। फ्रिडम किट व्याग एफकेबी(यूके)को आर्थिक सहयोग र बास नेपालको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गर्दै फ्रिडम किट व्याग वितरण गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा सदस्य सुशीला पन्त रहेकी थिइन्। त्यस्तै अतिथिको रुपमा भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बास नेपालका उपाध्यक्ष शिव कुमार वर्मा रहेका थिए।

    कार्यक्रममा बासका कार्यकारी निर्देशक शाहले महिनावारी प्राकृतिक रुपमा हुने भएकाले किशोरी तथा महिलाले सरसफाईमा विशेष ख्याल गर्नुपर्ने अनि यसलाई कुनै लाजको रुपमा नलिन आग्रह गरेका थिए। त्यस्तै कार्यक्रममा सहभागीहरुलाई कार्यक्रमको उद्देश्य बारे बासका उपाध्यक्ष वर्माले प्रष्ट पारेका थिए।

    कार्यक्रममा सहभागीहरु मध्यका केही सहभागीहरुले यस्तो कार्यक्रमले घरायसी काममा मात्रै व्यस्त रहने महिलाहरुका लागि एकदमै प्रभाकारी रहेको बताए। बजारमा पाईने प्याड किनेर प्रयोग गर्दा प्याडले वातावरण प्रदुषण पार्दछ भन्ने कुराको बारेमाआफूले कहिल्यै थाहा नभएको पनि बताए।



  • जे होस् किट वितरण कार्यक्रम निकै प्रभावकारी बन्यो। आफ्नो स्वास्थ्यको लागि चाहिने किटहरु प्राप्त गर्दा सहभागीहरु निकै खुशी देखिन्थे।

    फ्रिडम किट व्याग एफकेबी(यूके)ले नेपालमा बसोबास गर्ने महिला तथा बालिकाका लागि महिनावारी स्वच्छता, शिक्षा एवम् व्यवस्थापन कार्यक्रम गर्दै आईरहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *