काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई दुई पार्टीबीचको सहमतिअनुसार काम गर्न निर्देशन दिएका छन् ।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा संसदीय दल कार्यसमितिको बैठक राखेर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘सभापतिज्युले सबै मन्त्रीको कामकारबाहीबारे जानकारी लिनुभयो । साथै, उहाँले दुई दलको सहमतिअनुसार काम गर्नुस् भनेर निर्देशन दिनुभएको छ ।’

‘एमाले र काङ्ग्रेसबीच भएको सात बुँदेअनुसार सरकार अघि लैजाने भन्ने कुरा भयो । नागरिकलाई भन्दा बढी सेवा दिने विषयमा पनि छलफल भयो ।’ उनले थप भने ।
बैठकमा उपसभापति, महामन्त्रीलगायतको सहभागिता थियो ।