काठमाण्डौं : शुक्रबारबाट रिलिज भएको चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरकले जनाएको छ । माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ ।बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ ।


चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन् । चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।