सुर्खेत । सिमकोटमा हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताइन् ।
नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।

हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताइन् । यसवर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।