ज्यान मार्ने उद्योगमा वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी


  • ज्यान मार्ने उद्योगमा वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए जाहेरी
  • काठमाडौं  । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

    बुधवार अदालत परिसरमा आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् ।

    बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किँदै गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको थियो ।



  • प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ललितकुमार केसी पक्राउ गरिसकेको छ । सीसीटीभी फुटेज हेरेर घटनामा संलग्न रहेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरी पक्षका तर्फबाट बहस गरेका थिए ।

    रास्वपाले आफ्नो दलको कुनै सदस्यको संलग्नता भेटिए आवश्यक कारबाही गर्ने बताएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *