काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका २५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

गृहमन्त्री रमेश लेखकले बुधबार उनीहरुलाई बढुवा गर्ने निर्णय गरेका हुन् । तर उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए।

एसएसपी बढुवा हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल रहेका छन्।
गत साता बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको थियो।