काठमाडौं : नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरु प्रहरी उपरिक्षक (एसपी) मा वढुवा सिफारिस भएका छन्।
माघ ११ गते वसेको बढुवा समिती बैठकको निर्णय अनुसार उनीहरुलाई एसपीमा बढुवा सिफारिस गरिएको छ।

बढुवा हुनेहरुमा २०६१ का छुटेका र २०६२ मा प्रहरी निरीक्षकमा भर्ना भएकाहरु केही छन । कुलदिप चन्द, सुमित खड्का,ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, नबिन कृष्ण भण्डारी , तिलक भारती, राजन चापागाइ, नबिन कार्की , मुकुन्द रिजाल, भेषराज रिजाल, श्याम कुमार सारु मगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, रुगम कुँवरलगायतका डिएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन्।


