काठमाडौं : सशस्त्र प्रहरीका ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको एकैपटक सरुवा भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि हाल सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा राशन पाउने गरी एसपीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ।











