मछिन्द्रलाई २-१ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा


  • मछिन्द्रलाई २-१ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा
  • विराटनगर : थ्रीस्टार क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

    विराटनगरको सहिद रंगशालामा शुक्रवार तेस्रो क्वाटरफाइननमा साविक विजेता मछिन्द्र एफसीलाई २-१ गोलले हराउँदै थ्री स्टार क्लब अन्तिम चारमा पुगेको छ।



  • थ्रीस्टारले सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । प्लेयर अफ दि म्याच थ्रीस्टारका दिपेश घलेले ११ हजार रुपैयाँ पाए ।

    कपिलबस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मछिन्द्रले १–० गोलले पराजित गरेको थियो । त्यसअघि मच्छिन्द्रले सोमवार काठमाडौंमा केपी ओली कप जितेको थियो । शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *