काठमाडौंमा विहानैदेखि चेकिङ, होलीको बहानामा मापसे र लापसे गरे सवारी साधन दिनभरि होल्ड गरिने


  • काठमाडौंमा विहानैदेखि चेकिङ, होलीको बहानामा मापसे र लापसे गरे सवारी साधन दिनभरि होल्ड गरिने
  • काठमाडौं : होलीको बहानामा मादक र लागुपदार्थ सेवन गरी सवारी साधनमा चलाउने क्रमलाई आज विहानैदेखि कडाइ गरिने भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता (लापसे) बाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ । उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने (होल्ड गरिने) भएको छ ।

    ‘चिट काटेर जरिवाना लिने हैन, आज त सवारी साधन नै राख्छौं’, उनले भने । उपत्यकाका विभिन्न स्थानमा त्यस्ता चालकले चलाउने सवारी साधन राख्नका लागि ठाउँ बनाइएको उनले बताए ।



  • ट्राफिक प्रहरी विहान ७ बजेदेखि नै ड्युटीस्थलमा पुगिसकेको, तर चेकिङको क्रम १०-११ बजेदेखि थालिने उनले बताए । ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।

    ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *