जाँदाजाँदै आईजीले दिए श्रीमती र आफ्नो बडीगार्डलाई इन्चार्जको जिम्मा


  • जाँदाजाँदै आईजीले दिए श्रीमती र आफ्नो बडीगार्डलाई इन्चार्जको जिम्मा
  • काठमाडौं । चैत ४ मा अवकाश हुने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुवरले आफ्ना अंगरक्षक (बडीगार्ड) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन् । पत्नीका सहयोगीलाई त्यस्तै जिम्मेवारी दिएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासनको परिपत्रअनुसार ललितपुरस्थित प्रहरी बृत्त, चापागाउँका डीएसपी दीलबहादुर मल्लको ठाउँमा अर्का डीएसपी यमकुमार श्रेष्ठ खटाइएका छन् । श्रेष्ठ महानिरीक्षक कुवरका अंगरक्षक हुन् ।

    शुक्रबारकै काज सरुवाअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङको प्रमुखको जिम्मेवारीमा इन्स्पेक्टर सन्तोष न्यौपाने जाने भएका छन् । उनी यसघि भक्तपुर ट्राफिक प्रमुखको जिम्मेवारीमा थिए ।



  • त्यहाँबाट सरुवा भएर प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी श्रीमती संघमा खाटिएका थिए । उक्त संघकी अध्यक्ष तथा आईजीपत्नी लक्ष्मी कुवरको अंगरक्षकका रुपमा उनी कार्यरत थिए ।

    दाङका ट्राफिक प्रमुख राजेश शाही १० महिनामै त्यहाँबाट हटाइएका छन् । चापागाउँका डीएसपी मल्लले एक वर्षको कार्यकाल पूरा गरेका थिए ।Nepalpressवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *