मन्त्रिपरिषदले नयां आइजीपी नियुक्तिको तयारी गर्दै


  • मन्त्रिपरिषदले नयां आइजीपी नियुक्तिको तयारी गर्दै
  • काठमाण्डौं : आज सोमबार सरकारले ३१ औं प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन्।

    सरकारले आज  बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ। करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयन आज हुने भएको छ ।

    प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षक बन्ने बलियो आधार छ।



  • त्यस्तै आज सोमबारबाट नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्।

    प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह, जनक भट्टराई लगायत डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका छन्।

    Leave a reply

    • Facebook Comments