नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पस/कलेजहरूमा भोली (मंगलबार चैत ५ गते) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ ।
देशभर स्ववियु निर्वाचनको सरगम चुलिंदै गइरहेको समयमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा केशर जंग शाहलाई अनेरास्ववियुले अध्यक्ष पदमा उम्मेदवार वनाएको छ ।
बिधार्थीहरुको पिरमर्कामा सदैव खटिएकै कारण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो बलियो उम्मेदवारका रुपमा अध्यक्ष पदमा शाहलाई उम्मेदवार बनाउँदै चुनावी प्रतिस्पर्धामा उतारेको छ।
पछिल्लो समय विद्यार्थी र युवापुस्तामाझ लोकप्रिय मानिएका शाहले क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार र विद्यार्थीका हकअधिकार संरक्षणका लागी हरपल पहल मात्र गरेका छैनन कार्यन्यवयन समेत गराउन सफल भएको अध्ययनरत बिधार्थीहरुले वताएका छन ।

पछिल्लो समय शाहले बिधार्थीको मनमात्र होइन शिक्षकहरुको पनी मन जित्न सफल भइरहेको क्याम्पसमा अध्यापन गराइरहेका एक शिक्षकले वताए । उनले भने, ‘केशर हरेक बिधार्थीहरुको समस्यामा आफै खटिएर निरन्तर लाग्ने भएकै कारण सबैमाझ लोकप्रिय मात्र छैनन मन मनमा वस्न समेत सफल भएका छन । उनी जत्तिको लिडर हरेक बिधार्थी र क्याम्पसलाई आवश्यक छ।’
यस पटकको निर्वाचनमा स्ववियुका उम्मेदवारहरूले सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटकको भरपुर उपयोग गरेका छन।
स्ववियुको निर्वाचन हुनुअगावै देशभरिका ९० क्याम्पसमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ।
तीबाहेक ४८ आंगिक र साढे तीन सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा नेतृत्वका लागि तोकिएकै दिनमा निर्वाचन हुनेछ। तर त्रिवि केन्द्रीय क्याम्पस र १५ आंगिक क्याम्पस गरी १६ वटामा भने तोकिएकै मितिमा निर्वाचन नहुने भएको छ।