काठमाडौं : ‘नो केबलकार समूह’ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमासडकमा सुतेर विरोध गरेका छन् ।
बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध गरेका हुन् ।बुधबार मुक्कुमलुङ ताङ्सेस्प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेपछि सिंहदरबार घेराउ गरेका हुन् ।

गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाएपनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा उत्रिएका हुन् । सांस्कृतिक सम्पदामास्ने विकास विनाश भएको भन्दै केही महिनायता पाथीभरा केवलकार सञ्चालनको विरोध गर्दै स्थानीयहरूले स्थानीय तहमा तथा काठमाडौँ केन्द्रित कार्यक्रम गरिरहेका छन्।