दाङको प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेन


  • दाङको प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेन
  • दाङ : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल ल्याउन लागिएको उनले बताए ।

    आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम समेत भइरहेको प्रजिअ लम्सालले बताए ।



  • नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउन खटिएका छन् ।

    आगलागीको कारण खुल्न सकेको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *