एजेन्सी : इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे ।
खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं मिनेटमा एर्किनोभले गोल गरि टोलीलाई अग्रता दिलाए । इन्टर मिलानका स्ट्राइकरले तारेमीले ५२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।
लगत्तैको अर्को मिनेटमा फेजुलेभले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाए । तर, तारेमीले तेहरानमा ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई लगातार चौथो र समग्रमा सातौं स्थानमा पटक विश्वकपमा पुग्न आवश्यक अंक दिलाए ।
समूह ‘ए’ मा शीर्ष स्थानको इरान २० र दोस्रो स्थानको उज्वेकिस्तानले १७ अंक ।

यसअघि हाङझोउमा भएको समूह ‘ सी’ को खेलमा चीनमाथि २-० को जित निकाल्दै अस्ट्रेलियाले विश्वकपमा स्थान सुरक्षित गर्ने दिशामा अघि बढेको छ ।
सन् २००२ मा विश्वकपमा डेब्यु गरेयता चीनले विश्वकपमा पुनरागमन गर्न सकेको छैन । चीनले समूहको पुछारमा रहेको बहराइनसँग ६ अंकको बराबरी गरेको छ ।
जापानसँग गोलरहित बराबरी खेलेको साउदी अरेबिया समूह सीको तेस्रो स्थानमा छ। अमेरिका, क्यानडा र मेक्सिकोमा अर्को वर्ष हुने विश्व कप मा ४८ टोलाीको सहभागिता रहने छ ।