जनकपुर : सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ ।
स्थानीय सोम प्रसाद आचार्यले गाई गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाई गोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए ।

आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा र शरीरको केही भाग जलेपछि घाइते भएको प्रहरी प्रवक्ता बस्नेतले बताए । उनका अनुसार आगलागीबाट भैँसीको पाडा १ वटा र बाख्रा २ वटा समेत जलेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली, स्थानीयवासी र सशस्त्र प्रहरीको सहयोगमा आगलागी करिब १२ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।