हेटौँडा : मकवानपुरको हेटौँडा चौकीटोलमा देवरले भाउजूको हत्या गरेका छन् । राहुल भन्ने रमेश दासले बुधवार वेलुकी ९ बजे जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए । खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइएको थियो ।

रमेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको वताएको छ ।
भाइ रमेशको आक्रमबाट उनका दाजु रुपेश दास गम्भीर घाइते भएका छन् । उनको टाउको, हात, ढाडमा चोट लागेको छ ।