काठमाडौं : नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन् ।
प्रसाईंको नेतृत्वमा भोलि शुक्रबार राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरिएको हो । प्रसाईं नेतृत्वमा भोलि हुने जनप्रदर्शनको अपनत्व संयुक्त जनआन्दोलन समितिले लिएको संयोजक सुबेदीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिए ।
२०४७ सालको संविधानमा टेकेर नयाँ समझदारी गर्न उनले दलहरुलाई अपिल गरेका छन् ।