भारतले निहु खाेजे ठुलो क्षति गरिदिने चीनको धम्की 


  • भारतले निहु खाेजे ठुलो क्षति गरिदिने चीनको धम्की 
  • काठमाण्डाैं । भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति पुर्याइदिने चेतावनी दिएको हो । आज चिनियाँ विदेश मामलाको धारणा सार्वजनिक गर्ने पत्रिका ग्लोबल टाइम्समा सम्पादकीयमार्फत् चीनले भारतलाई चेतावनी दिएको हो । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले सैन्य मुठभेड चाहेमा चिनियाँ जनमुक्ति सेना भारतको सेनालाई सन् १९६२ मा भन्दा बढी क्षति पुर्याउन वाध्य हुनेछ ।’ सन् १९६२ मा चीन र भारतबीच सीमा विवादका क्रममा युद्ध भई दुवैतर्फ ठुलो क्षति पुगेको थियो । चीनको नीति भारतलाई उत्तेजित पार्ने नभएको तर भुमि अतिक्रमण गर्ने छुट नदिने भनिएको छ । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले चीनसँग प्रतिष्पर्धा गर्न चाहे चीनसँग पर्याप्त उपकरण र क्षमता छ ।’ भारतलाई अमेरिकाले समर्थन गरेको भ्रममा नपर्न समेत भनिएको छ । भारतलाई अमेरिकाले मुखले मात्र साथ दिने भन्दै सम्पादकीयमा लेखिएको छ, चीन भारत सीमाको विषय दुई पक्ष बसेर समाधान गर्नुपर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *