विक्रम वारघरे । कोलोराडो । चैत्र २८ । मगर संघ अमेरिका कोलोराडो च्याप्टरले ब्रेन ट्युमर पिडित श्रीमती तिल माया थापा मगर तथा आन्द्राको क्यान्सर पिडित उहाका श्रीमान हेम बहादुर थापा मगरलाई उपचार्थ ३ लाख ४६ हजार ($२,५५५.९९) वढी सहयोग गरेको छ । उक्त उपचार्थ सहयोग रकम स्थानिय डिलमाया थापा मगर मार्फत पिडीत दम्पतिलाई हस्तारण गरिएको थियो ।


मगर संघ अमेरीकाले विगतका समयमा अन्य व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको र अहिले पिडीत दम्पतिको उपचार सहयोगार्थ रकम पठाईएको कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले वताउनुभयो । रकम संकलनमा सहयोग गर्ने सहयोगिहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा च्याप्टरले अरुलाई पनि सहयोग गर्ने वताउनुभयो ।
तनहुँ जिल्ला, ब्यास नगरपालिका वार्ड नम्बर-१४ बस्नुहुने श्री हेम बहादुर थापा मगर ज्यु आन्द्राको क्यान्सर पिडित र उहाँको श्रीमती तिल माया थापा मगर ज्यु ब्रेन ट्युमरबाट पिडित हुनुहुन्छ । उहाँहरुको परिवारको आर्थिक अवस्था असाध्यै कमजोर रहेको र दुवैजना गम्भीर रोगबाट ग्रसित हुनुहुन्छ।