काठमाडौँ : नेपाल प्रहरीका ६ जना नायव महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ ।
आज बिहिबार बसेको बढुवा समितिको बैठकले सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ,दोस्रोमा लालमणी आचार्य, तेस्रोमा कृष्णहरी शर्मा पोखरेल क्रमश दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।
एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए ।


दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए ।
यो सिफारिसले नेपाल प्रहरीले राष्ट्रिय अनुसन्धान (राअ) विभागबाट सेवा परिवर्तन गरेर (२०५३ को भर्ना) आएका अधिकृतलाई संगठन प्रमुख नबनाउने सन्देश र संकेत दिएको छ ।
आगामी जेठमा रिक्त हुने एक एआईजीमा बढुवा दावेदारमध्ये सोही टोली अगाडि छ ।सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकमध्ये एक एआईजी त बन्छन् । तर, आगामी आईजी बन्ने कुरालाई उक्त बढुवाले निर्धारण गर्दैन ।