साउन २३ गते देशभर ‘सिटामोल’ आउदै


  • साउन २३ गते देशभर ‘सिटामोल’ आउदै
  • काठमाण्डौ : चलचित्र “सिटामोल” आगामी साउन २३ गते बाट प्रदर्शन हुने भएको छ । बैशाख १ गते  नयाँ वर्षको अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।I

    प्रदीप भारद्धाज र निर्देशक सानेको लेखन रहेको चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ भने जानुका बिस्वकर्म, समीप निरौला, हिमावाला गौतम ,सुशिल पोख्रेल, दिनेश रेग्मी ,लगायत का कलाकार हरुको अभिनय हेर्न पाइन्छ । 



  • बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी दिब्य सुबेदीको छायांकन रहेका चलचित्रलाई सिन्धुली, रोल्पा, काठमाण्डौं, रुकुम लगायत जिल्लामा छायांकन गरिएको निर्देशक सानेले वताए । चलचित्रले माओवादी जनयुद्धको कथा उठान गर्नुका साथै पछिल्लो समय आम नागरिकले भोगिरहेको समस्या र पिडालाई  देखाइएको छ ।

    लामो समयदेखी चलचित्र लेखन र निर्देशनमा सक्रिय साने यो चलचित्रले आम नागरिकको समस्यालाई देखाइएकोले चलचित्रले आम नागरिकको माया पाउने र सफल हुनेमा ढुक्क रहेको वताउछन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *