प्रहरीका ६ जना डिआइजी एआईजीमा बढुवा


  • प्रहरीका ६ जना डिआइजी एआईजीमा बढुवा
  • काठमाडौं : नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

    गृह मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको हो ।

    डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआइजीमा बढुवा गरिएको हो।



  • गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको ४ वैशाखको बैठकले बढुवा गर्न सिफारिस गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *