बाराका कोरोना संक्रमितको वीरगञ्जमा ज्यान गयो


  • तस्विरः फाइल
    तस्विरः फाइल

  • [caption id="attachment_1324" align="alignnone" width="899"]तस्विरः फाइल तस्विरः फाइल[/caption] वीरगञ्ज १७, भदौ। वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो । उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । ‘मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेछ । उमेर पनि ढल्किसकेको अवस्था थियो । यस्तोमा कोरोना संक्रमण देखियो,’ उनले भने, ‘हामीले सकेको प्रयास गर्‍यौं तर बचाउन सकिएन ।’ भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो । वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । साउनयता मात्रै ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *