माइतीघरमा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते



पाल्पा ।
तिनाउ गाउँपालिका–३ श्रीडाँडामा ढुंगाले लागेर एकजना महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा चौहान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । ढुंगाले लागेर उनकी तीन वर्षीया छोरी करिस्मा चौहान घाइते भएकी छन्।
गम्भीर घाइते करिस्माको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । तीज मनाउन श्रीडाँडास्थित माइतीघर आएकी उनी निषेधाज्ञाका कारण घर फर्कन पाएकी थिइनन् । माइती घरमा बसिरहेको अवस्थामा मंगलबार राति करिब ७ बजे घरमाथिबाट खसेको ढुंगाले लागेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।