
घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?



काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाले घटेको हो ।
शुक्रबार प्रतितोला ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भने १० रुपियाँले बढेको छ । आज चाँदीको मूल्य १० रुपियाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
