काठमाडौंमा होम आइसोलेसनमा बसेका एक जनाको कोरोनाबाट मृत्यु



काठमाडौं - काठमाडौं उपत्यकामा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालीका-१५ डल्लुका ६८ वर्षका पुरुष रहेका छन् ।
उनको कोरोना संक्रमणबाट शनिवार बेलुका मृत्यु भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ १७ गते गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपति ती पुरुष घरमै आइसोलेनसमा बसेका थिए । उनी मिर्गौला रोगी पनि रहेको बताइएको छ । मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बतायएको छ ।