बाँकेमा कोरोना भाइरसबाट थप एकको मृत्यु


  • तस्विरः फाइल
  • नेपालगन्ज २२, भदौ । कोरोना भाइरसका कारण बाँकेमा  थप एकजनाको मृत्युभएको छ ।उनी नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी हुन । उनी जिन्सी शाखामा कार्यरत रहेको खुलेको छ । नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ बर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार राती साढे ८ बजेतिर मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । गएको १२ गते स्वास्थ्यमा समस्या आएपछि कोभिडको आशंकामा उनको १३ गते स्वाव परीक्षण गरिएको थियो र १५ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी न्यू होटेल इन्द्रेणीको आइसोलेसनमा बस्दै आएका थिए । तर स्वास्थ्य अवस्था झन विग्रदै गएपछि उनी १८ गते अस्पताल भर्ना भएका थिए । उनको  आइतवार राती साढे ८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनी मधुमेह र मुटु सम्वन्धित रोगबाट ग्रसित थिए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *