लोकप्रिय अभिनेता नाजिर हुसेनको आज जन्मदिन



नेपाली सिने नगरिका चर्चित अभिनेता नाजिर हुसैनको आज जन्मदिन हो । उनी आजकै दिन अर्थात भदौ २२ गते सिमरा, बारा मा जन्मिएका थिए । उनका बुवा जादुगर हुन ।
आफ्नो छुट्टिका बेला उनी बुवा संग हिड्ने गर्थे र बुवाको कार्यक्रम सुरु हुनुअघि नाच्ने गर्थे । नेपाली चलचित्रको फाटमा आशा गरिएको अभिनेता हुन् नाजिर हुसेन । उनी चलचित्रमा प्रवेश गर्नु भन्दा अगाडी एउटा रंगकर्मीको रुपमा चिनिएका थिए । उनले आफ्नो व्यबसायीक अभिनय जीवन मण्डला थिएटरबाट सुरु गरेका थिए । चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका थिए ।
रंगमञ्चमा उनले भूमिका गरेका प्रमुख नाटकहरूमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर प्रमुख थिए । उनले नेपाली चलचित्र होसटेल रिटन्सबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका थिए ।त्यस्तै चलचित्र वीर बिक्रम, ‘रज्जा रानी’, पुन्टे परेड, कागजपत्र, तिमी संग, जंगे, गाठो, ‘वीर विक्रम २’ लगायतमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्र मध्ये ‘वीर विक्रम २’ निकै सफल चलचित्र रहेको छ उनले यो चलचित्रबाट निकै प्रसंशा बटुलेका छन् ।
पछिल्लो समय उनी नेपाली म्युजिक भिडियोमा पनि ब्यस्त छन् । उनले अभिनय गरेका धेरै गीतको भिडियोहरु लोकप्रिय भैसकेका छन् । पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्का र मोडल रियाशा दाहाल संग उनले ‘मुना’ बोलको गीतको भिडियोमा अभिनय गरेका छन् । जुन गीत तथा भिडियो यतिबेला चर्चामा छ ।