
चितवनमा १८ महिने शिशुसहित थप ११ जनामा कोरोना संक्रमण



काठमाडौं - चितवनका थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर कोभिड(१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ११ जनासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं ४, ६ र १० का २ पुरुष र ७ महिला गरी ९ जना रहेका छन् । जसमा ९ वर्षीया बालिका पनि रहेकी छिन् ।
त्यस्तै माडी नगरपालिका-६ र ७ का एक १८ महिने शिशु र २७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै एक जना सिन्धुपाल्चोकका ३९ बर्षिय पुरुष रहेका छन् ।
