‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङको निधन



चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र 'प्रेम गीत ३'का निर्देशक गुरुङको मङ्गलवार राति मेट्रो हस्पिटल महाराजगन्जमा निधन भएको हो । केही दिन अघी उनी अस्पताल भर्ना भएका थिए । कलेजोमा समस्या देखिएका उनको उपचारको क्रममा नै निधन भएको हो । उनको निधनबारे निर्माता सन्तोष सेनले जानकारी दिएका हुन् । अनुसार बिहीबार छेतनको अन्त्येष्टि गरिने छ । छेतनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका र ‘डम्बरुको डन्डिबियो’, ‘प्रेम गीत ३’ जुन कोरोनाको कारण रिलिज हुन सकेन र हाल ‘हुतुतु’ को तयारीमा रहेकोका थिए । उनले डम्बरुको डन्डिबियोबाट निर्देशनमा हात हालेका थिए । छेतनले निर्देशन गरेको पछिल्लो चलचित्र प्रेमगीत ३ कोरोना सङ्क्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन ।