चितवनमा पाँच महिनाको बच्चासहित ७ जनाले जिते कोरोना



चितवन । चितवनको माडिमा थप ७ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना निको हुनेमा माडी नगरपालिका(६ का पाँच महिनाको बच्चासहित ७ जना रहेका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाको रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका पुरुष बाहेक माडीमा अरु सबैले कोरोना जितेका हुन् ।
पछिल्लो समय माडिमा कोरोना संक्रमण दर शून्यमा झर्दै गएको छ । माडि नगरपालिकाको जनस्वास्थ्य शाखाले समुदायस्तरमा पि।सि।आर। परीक्षणको कामलाई भने निरन्तरता दिँदै आएको छ ।