आयुष्मानसँग ट्युसन क्लासमा भेट भएको थियो ताहिराको



काठमाडौं - बलिउडका चर्चित अभिनेता तथा गायक हुन् आयुष्मान खुराना । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका आयुष्मानले फिल्मबाटै चर्चा कमाएका छन् । उनका पछिल्लो फिल्महरु दर्शकले निकै रुचाएका छन् ।
ताहिरा कश्यपसँग विवाह गरेका आयुष्मानले फिल्मसँगै परिवारलाई पनि महत्व दिने गर्छन् । पछिल्लो समय उनकी पत्नी ताहिरा पनि चर्चामा छिन् । उनले क्यान्सरलाई जितेसँग भारतिय मिडियामा चर्चामा आएकी हुन् । ताहिराले एक शोमा पति आयुष्मानसँगको प्रेमसम्बन्धबारे खुलेर कुरा गरेकी छिन् ।
उनले आफुहरुको रोचक प्रेमबारे बताएकी छिन् । उनले आफुहरुको भेट फिजिक्स ट्युसनमा भएको बताएकी छिन् । भेट हुँदा आफुहरु एकअर्कासँग नबोलेको पनि उनले बताएकी छिन् । उनले आफुहरुको विवहा भएको ११ बर्ष बितेको र कलेजमा भेट हुँदा लाजले लामो समय नबोलेको पनि बताइन् ।