चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो



काठमाडौं - चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६२ बर्षिय पुरुष रहेका छन् ।
उनको बिहिबार दिउँसो चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुष्लाई स्वासप्रश्वासमा समस्या भएपछि भदौं २० गते अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएपछि भदौं २२ गते गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा झन समस्या हुँदै गएपछि अस्पतालको आइसियूमा राखेर उपचार गरिएकोमा आज दिउँसो मृत्यु भएको जनाइएको छ ।
यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।