उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण, पाँच जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३२२ पुग्यो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा ६९६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।
शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका ६२०, ललितपुर ३८ र भक्तपुरका ३८ गरी ६९६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
उनकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १४५४ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५१ हजा ९१९ पुगेको छ ।
यसैगरी कोरोनाबाट निको हुने ७०.६ प्रतिशत रहेको जानकारी दिएका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ९७२ जना संक्रमणमुक्त भएसँगै निको हुनेको हुनेको संख्या ३६६७२ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट निधन हुनेमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।