एउटै घरभित्र ३ जनाको शव भेटियो, घटना रहस्यमय



भक्तपुर – भक्तपुरमा एउटै घरभित्र तीन जनाको शव भेटिएको छ । शुक्रबार साँझ एकै परिवारका तीन जनाको शव फेला परेको हो ।
मृत भेटिएकाहरू ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा शुशान्त रहेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले दिएको जानकारी अनुसार उनीहरूसँगै एउटा कुकुर पनि मृत अवस्थामा भेटिएको छ । एएसपी थापाका अनुसार उनीहरूको शव गन्हाएको अवस्थामा फेला परेको हो ।
अहिले घटनास्थलमा अपराध महाशाखाको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।