थुनुवा, सुरक्षाकर्मी र बैंक कर्मचारीसहित २१ जनामा कोरोना पुष्टी


  • थुनुवा, सुरक्षाकर्मी र बैंक कर्मचारीसहित २१ जनामा कोरोना पुष्टी
  • सुर्खेत २७, भदौ । कर्णालीमा शनिवार थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सातसय ७६ पुगेको छ । आज संक्रमित हुनेमा तीन जना थुनुवा, ८ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेको जिल्ला जन स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । उनीहरूको स्वाब जनस्वास्थ्य कार्यालय परिसरबाट संकलन गरिएको हो । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ६, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एकरएक जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या दुईहजार तीनसय ९५ जना छन् । कर्णालीमा संक्रिय विरामीको संख्या तीनसय ७५ जना रहेको कंडेलको भनाई छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *