नेपालमा एकैदिन ८ सय ५२ जनाले जिते कोरोना


  • नेपालमा एकैदिन ८ सय ५२ जनाले जिते कोरोना
  • काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसलाई जित्नेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप  ८ सय ५२ जनाले कोरोनालाई जितेको जानकारी दिए ।
    यससँगै नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।  आजसम्म डिस्चार्ज हुने ७० दशमलव ६ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १२ सय १ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७८५ र महिला ४१६ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा १४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *