रिलिज भयो कमेडी फिल्म ‘फाटेको जुत्ता’



आजबाट डार्क कमेडी चलचित्र ‘फाटेको जुत्ता’ रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।
सोलो रिलिज चलचित्रले मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । यसैले पनि चलचित्रले इनिसियल व्यापार गरेको खण्डमा निर्माताको लगानी ३ दिनमै सुरक्षित हुनेछ ।
चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, दयाहाङ राई, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा नायक सौगात मल्ल अभिनित चलचित्रहरु निरन्तर असफल भैरहेको समयमा यो चलचित्रले उनको करिअरलाई फेरि उचाइमा लैजान सक्छ ।
चलचित्रको गीतसंगीत र ट्रेलरलाई युटुबमा रुचाइएको पनि छ । चलचित्रले सिंगलमा भन्दा मल्टिप्लेक्स हलमा राम्रो कमाई गर्न सक्छ ।