काठमाडौं - त्रिभुवन विमानस्थलमा थन्किएको पुरानो नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटी संग्रहालयमा लगिएको छ ।

शनिवार साँझ नेपाली सेनाको पुरानो जहाजलाई सडकबाटै गाडिले तानेर गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी दरवार संग्रहालयमा लगिएको छ ।

तस्बिरमा सडकमा गुडिरहेको विमान देखिएको छ । विमानस्थलबाट नारायणहिटीसम्म लैजान विमानको पखेटा निकालिएको तसिबरमा देखिएको छ । यस एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने जनाइएको छ । तस्बिर - नमस्ते भक्तपुर