तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



तनहुँकी एक महिलाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिला रहेकी छिन् ।
उनको आइतबार काठमाडौँस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । भदौ २३ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएकी ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं उपचारको लागि ल्याइएको थियो ।
भदौ २० गते अस्पताल भर्ना भएकी उनको आज उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो । ती महिलामा मुटुसम्बन्धी समस्या थियो । यससँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।