जेल जीवन बिताइ रहेका रेशम चौधरीलाई तत्काल रिहा गर्न जसपाको माग



जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ। आइतबार जसपा पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक विज्ञप्ती जारी गर्दै रेशम चौधरीलाई तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा दोषी ठहर भइ जेल जीवन बिताइ रहेका चौधरीलाई तत्काल रिहाई गर्न जसपाले माग गरेको हो ।
जसपाले विज्ञप्तीमा मधेशरथरुहट आन्दोलनहरुमा सहभागि भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पति रोका गर्ने, थुनामा राख्ने कार्य अझै सम्म जारी रहेको बताउदै यस्ता कार्य बन्द गर्न आग्रह गरिएको छ ।
साथै हाल जेलमा रहेका रेशम चौधरी लगायतका नेता कार्यकर्तामाथि सरकारले लगाइएका मुद्दाहरु खारेज गर्न विज्ञप्तीमा भनिएको छ ।
टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले २०७४ फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए।