जुम्लामा सुरु भयो डा.गोविन्द केसीको १९ औँ सत्याग्रह



काठमाडौं । डा. गोविन्द केसीले १९औँ सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आएका डा. केसीले जुम्लामा १९औँ सत्याग्रह सुरु गरेका हुन् ।
जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनी अनसन बसेका हुन् । स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै सरकारसँग सहमतिमा तोड्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी पुनः अनसनमा बसेका हुन् ।
कोरोनाभाइरस संक्रमण बढेका बेला जुम्लामा स्वास्थ्य सेवामा खटिएका उनलाई स्थानीय प्रशासनले होटेलबाहिर निस्किन नदिएको भन्दै विरोध भएको थियो ।